जाडोमा अनुहार धोएपछि के गर्ने ?

नेपालभ्युज

जाडोमा अनुहार धोएपछि के गर्ने ?

एजेन्सी । कसैसँग भेटघाट गर्दा हामी सर्वप्रथम उसको अनुहार हेर्छौं । त्यसैले हामीले आफ्नो अनुहारको पनि सुन्दरतामा त्यत्तिकै ध्यान दिनुपर्छ । खासगरी जाडोमा छाला रुखो हुने समस्या हुन्छ त्यसमा झन् धोएपछि त्यो रुखोपन झनै धेरै देखिन्छ । त्यसैले अनुहार धोइसकेपछि कस्तो खालको स्याहार गर्नुपर्छ भनेर हामी चर्चा गर्नेछौं ।

जैतुनको तेल– अनुहार धोइसकेपछि सफा कपडाले पुछ्ने र जैतुनको तेलले मालिस गरेमा अनुहारको रुखोपन जान्छ र छाला नरम बनाउँछ ।

सनस्क्रीन क्रिम– यदी तपाईं बिहानको समयमा अनुहार धोइरहनुभएको छ भने जाडो समय भनेर बेवास्ता नगर्नुहोला । जाडोमा घाम धेरै नलागे पनि त्यसको खराब किरणहरुले हाम्रो छालामा नराम्रो असर गरिराखेको हुन्छ त्यसैले अनुहार धोएपछि सनस्क्रीन लगाउन नभुल्नुहोस् ।

तेल तथा सेरम– जाडोमा अनुहारमा लगाउने तेल तथा सेरमहरु लगाउँदा पनि छालालाई फाइदा गर्छ । यसले छालाको रुखोपन हराउँछ ।

नरिवलको तेल– हरेक मौसममा प्रयोग गर्न मिल्ने नरिवलको तेल जाडोमा पनि प्रयोग गर्न सकिन्छ ।

बदामको तेल– बदामको तेल पनि छाला तथा कपालको लागि राम्रो मानिन्छ । सफासँग अनुहार धोएपछि बदामको तेलले मालिस गर्दा छाला नरम हुनुका साथै चम्किलो पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved