दुवै खुट्टामा किन हुन्छ दुखाइ, जानौं कारण र घरेलु उपचार विधि

नेपालभ्युज

दुवै खुट्टामा किन हुन्छ दुखाइ, जानौं कारण र घरेलु उपचार विधि

एजेन्सी । खुट्टा दुखेको छ भन्दा सामान्य सुनिन्छ, तर लगातार भइरहने खुट्टा दुखेको छ भन्दा सामान्य सुनिन्छ तर लगातार भइरहने खुट्टाको दुःखाइले लामो समय सताइरहन सक्छ । यस आलेखमा हामीले जान्नेछौं खुट्टा हुने दुःखाइको कारण र यसबाट छुट्कारा पाउने घरेलु उपाय ।

बाथका कारण हुन सक्छ खुट्टामा दुःखाइ

जो व्यक्तिलाई बाथ रोग भएको छ उनीहरुको खुट्टामा दुःखाई हुन सक्छ । शरीरमा क्याल्सियमका कमीका कारण पनि खुट्टामा दुःखाई हुन सक्छ । मांसपेशी कमजोर हुँदा पनि खुट्टामा असर गर्छ । दुबै खुट्टामा दुःखाई छ भने तपाईंले आफ्नो खानपान तथा जीवनशैलीका बानीव्यवहारलाई परिवर्तन गर्नुपर्ने हुन्छ ।

सुगर बढ्यो भने पनि हुन्छ खुट्टाको दुःखाइ

सुगरको मात्रा शरीरमा बढ्यो भने दुबै खुट्टामा दुःखाई हुन सक्छ । मधुमेहका विरामीहरुलाई खुट्टा दुख्ने समस्या देखिएको पाइन्छ । यस्तो अवस्थामा खुट्टाको दुःखाई कम गर्नका लागि शरीरमा सुगरको मात्रा सुन्तलित बनाइराख्नु पर्छ । जसका लागि मिठो खानेकुरा नखानुहोस् । दिनहुँ कम्तीमा आधा घण्टा व्यायाम गर्नुहोस् ।

तौल बढ्दा हुने दुःखाइ

यदी तपाईको तौल धेरै नै छ भने पनि खुट्टा दुख्ने गर्छन् । खुट्टाले शरीरको भार उठाउन नसक्दा दुख्ने गर्छन् । शरीरको धेरै तौल लिएर हिँड्डुल गर्दा खुट्टालाई गाह्रो हुन्छ र दुख्ने सुन्नीने समस्या हुन्छ । यसबाहेक गलत तरिकाले उभिने गर्दा पनि खुट्टा दुख्ने गर्छ ।

लामो समय उभिनु

यदी तपाईं लामो समय एउटै स्थितिमा उभिईराख्नुहुन्छ भने खुट्टा दुख्ने गर्छ । जो व्यक्तिहरु फिल्डमा काम गर्ने गर्छन् त्यस्ता व्यक्तिलाई धेरैबेर उभिनुपर्ने हुन्छ जसले गर्दा खुट्टा दुख्ने समस्या देखिन्छ । त्यसैले थोरैथोरै समयमा आफ्नो पोजिशन फेरिराख्नु पर्ने हुन्छ ।

खराब जुत्ता लगाउनु

जहिले पनि आफ्नो खुट्टा अनुसारको जुत्ता लगाउने गर्नुहोस् । कतिपय व्यक्तिको खुट्टाको पञ्जा ठूलो हुने गर्छ, उनीहरूले नै सानो जुत्ता लगाउँछन् जसले गर्दा दुःखाइ हुन्छ । साथै खुट्टाभन्दा ठूलो वा सानो नम्बरको जुत्ता लगाउँदा पनि खुट्टा दुख्ने समस्या देखिन्छ ।

खुट्टाको दुःखाइ कम गर्ने घरेलु उपाय

  • एउटा भाँडोमा मनतातो पानी भर्नुहोस् र नुन राखेर खुट्टा डुबाएर राख्नुहोस् ।
  • नीलगिरीको तेलले खुट्टा मालिस गर्दा पनि दुःखाई कम हुन्छ ।
  • नुनलाई तताउनुहोस् र त्यसलाई एउटा थैली बनाएर खुट्टामा सेक्नुहोस् । यसले दुख्न कम गर्छ ।
  • खुट्टाको दुःखाई कम गर्न तोरीको तेलले मालिस पनि गर्न सकिन्छ ।
  • बेसारमा एन्टीअक्सीडेन्ट गुण हुन्छ । राती सुत्नु भन्दा पहिले बेसार र दुधको सेवन गर्नुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved