बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि

नेपालभ्युज

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि

काठमाडौं। बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला आइतबारदेखि सुरु हुँदैछ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा श्रृंखला हुन लागेको हो।

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फर्म्याटको ४ मैत्रीपूर्ण खेल खेलाइनेछ । दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुने परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् ।

मूलपानी क्रिकेट मैदानमा श्रृंखलाअन्तर्गत डिसेम्बर २५ र २६ तारिखमा ४० ओभरको खेल खेलाइने छ । डिसेम्बर २७ र २९ तारिखमा टी– २० खेल हुनेछ ।

बागमती प्रदेशको महिला टिमले नवौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेको थियो । हङकङको टिममा राष्ट्रिय टिमकी कप्तान क्यारी चेनसहित राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका अन्य ६ खेलाडी रहेको आयोजकले जनाएको छ ।

पालमा महिला क्रिकेटको सम्भावना, अन्तर्राष्ट्रिय स्तरमा बढ्दो लोकप्रियता तथा क्रिकेटको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले श्रृंखला आयोजना गर्न लागिएको सदस्य–सचिव भण्डारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved