रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते, तीनको अवस्था गम्भीर

नेपालभ्युज

रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते, तीनको अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजीमा शनिबार अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँबाट उमाकुण्ड-७ भुजीतर्फ जाँदै गरेको बा११च ७५९२ नंको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको उनले बताए ।

जिप कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइतेमध्ये गम्भीर बिरामीलाई आजै हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य घाइतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved