मेयर पन्छिएपछि कुन्ती पोखरेलले भनिन्- जनतासँगै खबरदारी गरिरहन्छु

एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए। त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए।

नेपालभ्युज

मेयर पन्छिएपछि कुन्ती पोखरेलले भनिन्- जनतासँगै खबरदारी गरिरहन्छु

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरू जिम्मेवारी पन्छिएको आरोप लगाएकी छिन्।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको नेतृ पोखरेलले बताइन्।

त्यस्ता मानिस जनप्रतिनिधिहरूले पदमा बसिरहन नमिल्ने उनले बताइन्। एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए। त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए।

नेतृ पोखरेलले जनप्रतिनिधिहरूले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरूको साथ दिएको बताइन्। उनले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिकसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रूपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिइन्।

नेतृ पोखरेलले नगरप्रमुखसँग स्थानीहरूले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरे पनि मेयरले बेवास्ता गरेको आरोप लगाइन्। उनले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिइकन विकास निर्माणका काम कहिले हुने ? भन्दै प्रश्नसमेत गरिन् ।

उनले भनिन्, ‘‘आन्दोलन २२ गतेबाट सुरु भएको हो। म त्यहाँ जाँदा र उहाँहरूका कुरा सुन्दा आन्दोलनमा बसेर मैले स्थानीयको साथ दिएकी हुँ। १० वर्षदेखि त्यहाँका स्थानीय बासिन्दामा स्वास्थ्यमा ठूलो लापरबाही भइरहेको छ। ठेकेदारलाई उहाँले काम अह्राउन किन सक्नुभएन? विज्ञप्तिमा कुन्ती पोखरेलको कारणले भनिएको छ। बन्दै नबनेको सडक कसरी अवरुद्ध भयो ? स्थानीयको दुःख,सुखमा साथ दिन म अघि बढेको छु।’’

समाजसेवीसमेत रहेकी कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलहरूले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन्। उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved