लाइभ दोहोरीमा बलात्कृत किशोरीको भद्दा मजाक, पीडितलाई थप पीडा

पीडितको मजाक उडाउने सर्जकलाई कारबाहीको माग

युट्युब, टिकटक, फेसबुकलगायतको टाइमलाइनमा कमेन्ट गर्नेहरूले विषेशगरी पल शाहबाट पीडित भएकी भनिएकी किशोरीलाई गाली गरिरहेका छन्। गीतका शब्द यी र यस्ता घटनाका पीडितलाई थप पीडा थपेको भन्दै बहिष्कार गर्नुपर्ने माग छ। सर्जकलाई कारबाही गर्नुपर्ने समेतका माग उठेका छन्।

नेपालभ्युज

लाइभ दोहोरीमा बलात्कृत किशोरीको भद्दा मजाक, पीडितलाई थप पीडा

केटी –

न कोहीलाई भेट्न भनी आकी छ
होस गर अठार कट्नै बाँकी छ।
जानु है बेलुकी पानी पिएर
घुम्न जाऊँ तलतिर दश लाख लिएर।

 

केटा –

नानीको कुराले सातो गयो नि
दश लाखको माया त महँगो भयो नि।

माथिको टुक्का एक लोक तथा दोहोरी गीतको हो। केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ। यो टुक्का एक साताअघि युट्युबमा अपलोड गरिएको ‘१० लाखको माया महँगो भयो नि, सोल्टी बजारमा’ बोलको गीत हो। बालगायिका कमला घिमिरे र गायक सुमन परियारले गाएका हुन्।

गीतका शब्द र टुक्का नाबालिका बलात्कार घटनामा पीडितसँग मिलाइएको बुझ्न गाह्रो छैन। अभिनेता पल शाह र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पीडितले लगाएको जबरजस्ती करणी र बलात्कारको आरोपका घटनासँग मिलेका छन्।

पल शाह प्रकरणमा पीडित गायिकालाई ‘१० लाख रुपैयाँ’ सामाजिक सञ्जालमा धेरैले उछित्तो काढ्दै आएका छन्। धेरैले उनको फेसबुक पोस्टमा यसरी होच्याइरहँदा मानसिक रूपमा विक्षिप्त बनेकीछिन्।

नवलपुर जिल्ला अदालतले  पल शाहको मुद्दामा फैसला सुनाउँदै १० लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिन समेत आदेश दिएको थियो। सन्दीपले नाबालिकालाई जबरजस्ती करणी गरेको भन्ने आरोपको मुद्दाको फैसला हुनै बाँकी छ। सन्दीप पुर्पक्षको लागि थुनामा छन्।

पल शाह प्रकरणमा पीडित गायिकालाई ‘१० लाख रुपैयाँ’ सामाजिक सञ्जालमा धेरैले उछित्तो काढ्दै आएका छन्। धेरैले उनको फेसबुक पोस्टमा यसरी होच्याइरहँदा मानसिक रूपमा विक्षिप्त बनेकीछिन्।

लाइभ दोहोरी गाउँदा वास्तविक सर्जकको नाम उल्लेख गर्न रामजी खाँणको अनुरोध

नाबालिका बलात्कार आरोपबारेका पछिल्ला दुई स्क्यान्डल बाहिर चर्चामा आए पनि यस्ता धेरै घटना भएका छन्। यो गीतमा भनिएको शब्दले त्यस्ता कैयौँ पीडितहरूलाई झन् पीडा थपेको भन्दै कतिपयले आलोचना गरेका छन्।

यौन हिंसाजस्तो संवेदनशील घटनाका पीडितलाई मजाकको पात्र बनाएर गीत बनाउनु सामाजिक अपराध हो। पीडितलाई सामाजिक पुनर्स्थापना गर्न सहज बनाउनुपर्नेमा झन् उल्टै उनीहरूको गल्ती भन्ने देखाउने शब्द सर्वथा अनुचित छ।

युट्युब, टिकटक, फेसबुकलगायतको टाइमलाइनमा कमेन्ट गर्नेहरूले विषेशगरी पल शाहबाट पीडित भएकी भनिएकी किशोरीलाई गाली गरिरहेका छन्। गीतका शब्द यी र यस्ता घटनाका पीडितलाई थप पीडा थपेको भन्दै बहिष्कार गर्नुपर्ने माग छ। सर्जकलाई कारबाही गर्नुपर्ने समेतका माग उठेका छन्।

गीतका शब्दमा बलात्कार जस्तो जघन्य अपराधबाट पीडित भएकालाई मजाक बनाइएको छ। ‘‘यौन हिंसाजस्तो संवेदनशील घटनाका पीडितलाई मजाकको पात्र बनाएर गीत बनाउनु सामाजिक अपराध हो। पीडितलाई सामाजिक पुनर्स्थापना गर्न सहज बनाउनुपर्नेमा झन् उल्टै उनीहरूको गल्ती भन्ने देखाउने शब्द सर्वथा अनुचित छ,’’ कतिपय अधिकारकर्मीहरूको टिप्पणी छ। युट्युबमा राखिएको सो लाइभ दोहोरी खास गरी धेरै भ्यूज बनाएर डलर कमाउने आशामा राखिएको स्पष्ट देखिन्छ।

कमला घिमिरे आफैँमा बालिका हुन्। यो गीतमा भिडिओ निर्माताले बालगायिकाको दुरुपयोग गरेको भन्दै आलोचना भएको छ।

जेरी-शंकरको जोडी : कसरी पलायो दाम्पत्य सम्बन्धमा ऐंजेरु ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved