गायक निशान भट्टराई र पत्नीले हटाए एकअर्काको फोटो, दाम्पत्य सम्बन्ध बिग्रिएको आशंका

निशान र ऋचाका आधिकारिक फेसबुक र इन्स्टा अकाउन्टमा रहेको बिहेका र पछि सँगै बसेर खिचिएको फोटो हटाइएको छ। त्यतिमात्र होइन, दुवैले सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेका छन्।

नेपालभ्युज

गायक निशान भट्टराई र पत्नीले हटाए एकअर्काको फोटो, दाम्पत्य सम्बन्ध बिग्रिएको आशंका

काठमाडौं। नेपाल आइडल पहिलो सिजनमा सहभागी भएर चर्चामा आएका गायक हुन् निशान भट्टराई। ‘फस्ट रनरअप’ मेडल हात पारेका उनले दुई वर्षअघि (२०७७)मा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी बिहे गरेका थिए।

केही गीतमा अभिनय समेत गरेकी ऋचासँग बिहे गरेका चर्चित गायक निशानले बिहेलगतै विवाहका फोटो पोस्ट गरेका थिए।

तर अहिले निशान र ऋचा दुवै जनाले आफ्नो फेसबुक एकाउन्ट र इन्स्टामा एकअर्काका फोटो हटाएका छन्।

निशान र ऋचाका आधिकारिक फेसबुक र इन्स्टा अकाउन्टमा रहेको बिहेका र पछि सँगै बसेर खिचिएको फोटो हटाइएको छ।

त्यतिमात्र होइन, दुवैले सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेका छन्।

एकअर्काले अनफलो गरेपछि यी दुईबिचको दाम्पत्य जीवनमा सम्बन्धमा दरार आएको अनुमान गरिएको छ।

उनीहरू केही समयदेखि अलग रहँदै आएको चिने जानेकाहरू बताउँछन्। उद्यमी निशान र ऋचाले भने यसबारेमा मुख खोलेका छैनन्।

ऋचा न्यौपानेले निशानले गाएको गीत ‘लाउर जाने रेल’लगायतका केही गीतका म्युजिक भिडिओमा अभिनय गरेकी छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved