रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव

नेपालभ्युज

रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव

ब्रसेल्स । युरोपेली आयोगले बुधवार युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा दबाब बढाउने बताएकी छन् ।

‘रूसले युक्रेनमा मृत्यु र विनाशको शृङ्खला जारी राखेको छ। यसले जाडो यामको शुरुमा युक्रेनलाई ऊर्जाविहीन बनाउने उद्देश्यले नागरिक पूर्वाधारलाई जानाजानी निशाना बनाएको छ। हामी युक्रेनको पक्षमा उभिरहेका छौं र हामी रूसलाई यसको क्रूरताको लागि जवाफ दिदैछौँ,’ उर्सुला भोन डरले बताइन् ।

युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनि सहित २०० थप व्यक्ति र संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved