सर्वोच्चमा जबरा आउने भएसँगै सुरक्षाकर्मीको संख्या बढाइयो

नेपालभ्युज

सर्वोच्चमा जबरा आउने भएसँगै सुरक्षाकर्मीको संख्या बढाइयो

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने तयारी गरेसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

बुधबार संघीय संसद्‌का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भएको पत्र पठाएसँगै जबराले सर्वोच्च जाने तयारी गरेका हुन् ।

उनी आउने भएसँगै सर्वोच्च परिसरमा सुरक्षाकर्मीको संख्या बढाइएको हो । अहिले त्यहाँ सुरक्षाकर्मीको  बाक्लो उपस्थिति देखिएको छ ।

गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता  भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved