समानुपातिकतर्फको मतगणना सकियो : कसको मत कति ?

नेपालभ्युज

समानुपातिकतर्फको मतगणना सकियो : कसको मत कति ?
फाइल फोटो

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनकोको समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मतपरिणाम हो ।

कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको आयोगले जनाएको छ । आयोगका अनुसार  सबैभन्दा धेरै मत  २८ लाख ४५ हजार ६४१ नेकपा एमालेले  पाएको छ ।

नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मतसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएर तेस्रो स्थान हासिल गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४ मतसहित चौथो स्थानमा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३, जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको ‌आयोगले जनाएको छ ।। बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved