आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल व्यवसायीले गरे आन्दोलनको घोषणा

नेपालभ्युज

आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल व्यवसायीले गरे आन्दोलनको घोषणा

काठमाडौं । अटोमोवाईल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।  अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोवाईल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखि सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

सरकारले अटोमोवाईल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दवाव दिने उद्देश्यले आफूहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए ।

उनले आफूहरुको गाडी र शो रुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर आन्दोलनको कार्यक्रम सुरु गरिएको र यही मंसीर २२ गते काठमाडौंको माईतीघर मण्डलामा ३ घण्टा धर्ना र सबै प्रदेशमा पनि सोही दिन विरोध प्रर्दशन गर्न लागिएको बताए । नाडाले सो आन्दोलनमा साथ दिन पनि सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेको छ ।

अटोमोवाईल्स व्यवसायीहरुले ब्याजदरमा कटौति, कोरोनाकालमा संकटमा परेका व्यवसायीहरुलाई राहतको व्यवस्था, अटोमोवाईल्सको प्रतिबन्ध फुकुवा हुनुपर्ने लगायतका माग राखि आन्दोलनको कार्यक्रम सुरु गरेको हो । आफूहरुको सो माग सम्बोधन नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि नाडाका उपाध्यक्ष रिजालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved