पाल्पामा एकै दिन दुई शव भेटिए

नेपालभ्युज

काठमाडौं। पाल्पामा एकै दिन बुधबार दुई शव फेला परेका छन्। रिब्दीकोट गाउँपालिका–१ जेगीथुमकी ४९ वर्षीया तिलाकुमारी कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनका अनुसार सोही वडाको सातमुरेस्थित रिडी खोलामा बुधबार दिउँसो ३ बजेतिर ती कुमालको शव डुबेको अवस्थमा फेला परेको हो। खोलाको बीच भागमा फेला परेकी उनको बायाँ गोडाबाहेक अन्य शरीरको भाग पानीमा डुबेको थापाले बताए।

यस्तै बुधबार नै बगनासकाली गाउँपालिका–३ पाखण्डीमा एउटा बेवारिसे शव फेला परेको छ। सोही ठाउँका सर्वजित थापाको बारीमा शव फेला परेको थापाले बताए। ​स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सडेको अवस्थामा फेला परेकाले शवको पहिचान हुन सकेको छैन।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved