स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

नेपालभ्युज

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

काठमाडौं। विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई पराजित गरेको छ। लगातार दोस्रो खेल जित्दै ब्राजिल समूह जी बाट नकआउट चरणमा समेत पुगेको छ ।

सोमबारको तेस्रो खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै ३ अङ्क जोडेको ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । ३ अङ्क भएको स्विट्ज्ल्याण्ड दोस्रो स्थानमा छ।

ब्राजिलका लागि केसमिरोकोे गोल नै निर्णायक बन्यो। खेलको ८३ औँ मिनेटमा रोड्रिगोको पासमा केसमिरोले गोल गरे।

खेलको ६४ औँ मिनेटमा ब्राजिलले गोलको राम्रो अवसर गुमायो। भिनिसियले गरेको प्रहारलाई अफसाइडका कारण गोलको मान्यता दिइएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved