विश्वकप फुटबल : कोस्टारिकाद्वारा जापान पराजित

नेपालभ्युज

विश्वकप फुटबल : कोस्टारिकाद्वारा जापान पराजित

काठमाडौं। विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ।  अहमद बिन अलि रंगशालामा आइतबारको पहिलो खेलमा कोस्टारिकाले जापानलाई १–० गोलअन्तरले पराजित गरेको हो।

अन्तिम समयमा गोल खाएपछि जापान स्तब्ध भएको थियो ।  कोस्टारिकाको लागि फुलर स्पेन्सले ८१ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

८९औं मिनेटमा जापानले गोल गर्ने अवसर गुमायो। दाइची कमादाले नजिकैबाट गरेको प्रहारलाई गोलरक्षकले रोके । जापानले आफ्नो पहिलो खेलमा जर्मनीलाई हराएर सनसनी मच्चाएको थियो ।

३ अङ्क जोडेको कोस्टारिका समूह ई को तेस्रो स्थानमा उक्लिएको छ । जापान पनि ३ अंकसहित दोस्रो स्थानमा छ । समूह ‘ई’ को अर्को खेलमा स्पेन र जर्मनी राति पौने १ बजे आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved