सुर्खेत १ : कांग्रेस उपसभापति खड्का पाँचौ पटक विजयी

२०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

सुर्खेत १ : कांग्रेस उपसभापति खड्का पाँचौ पटक विजयी
फाइल तस्वीर

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति तथा पाँच दलीय गठबन्धनका संयोजक पुर्णबहादुर खड्का सुर्खेत – १  बाट  विजयी भएका छन् ।

प्रतिद्वन्द्वी एमालेका धुर्वकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले हराउँदै खड्काले पाँचौ पटक चुनाव जितेका हुन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याए भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए । यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ८९७ मत ल्याए ।

खड्का सुर्खेत १ बाट २०४८, २०५१, २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समानुपातिक सांसद बने ।

२०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए ।

यसअघि खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् भने उनले युवा तथा खेलकुद , सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीको जिम्मेवारी पनि लिइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved