सिन्धुपाल्चोक-१ मा माओवादीले एमालेलाई उछिन्यो

नेपालभ्युज

सिन्धुपाल्चोक-१ मा माओवादीले एमालेलाई उछिन्यो

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले अग्रता लिएको छ । सुरुवातदेखि नै अगाडि रहेको नेकपा एमाले पछि परेको छ ।

४६ हजार ६८२ मत गणना हुँदा माओवादीका माधव सापकोटा सुवोधले १८ हजार ८६७ मत पाएका छन् । नेकपा एमालेका सरेश नेपालले १८ हजार ८३२ मतसहित उनलाई नजिकैबाट पछ्याइरहेका छन् ।

यसअघि नेकपा एमालेको प्रभाव रहेका क्षेत्रको गणना सकिएकाले अब आफूहरुले अग्रता लिन थालेको माओवादीका स्थानीय नेताको दाबी छ । गतिलो मतान्तरले सापकोटा विजयी हुने माओवादीको आंकलन छ ।

सिन्धुपाल्चोक २ मा भने कांग्रेस फराकिलो मतान्तरले अगाडि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved