हेटौँडाको मत गणनास्थलमा नाराबाजी

हेटौँडाको मत गणनास्थलमा नाराबाजी

हेटौंडा । हेटौंडामा रहेको मत गणनास्थलमा नाराबाजी भएको छ ।

हेटौँडा-२ स्थित सिदार्थ माविको मत गणनास्थल बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मि रहेका छन । मतदान स्थल भित्र प्रतिनिधिसभा क्षेत्र नम्बर २ ख का प्रदेशसभा उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी प्रवेश गर्न दिइएको भन्दै नाराबाजी भएको हो ।

मत गणनास्थलमा सुरक्षा निकायले दलका प्रतिनिधि लगायतलाई मोबाइलसमेत लैजान नदिएको तर उम्मेदवारको गाडी नै भित्र लैजान दिएको भन्दै मतगणना स्थलको गेटमा चर्को नाराबाजी भएको थियो ।

मत परिणाम सुन्न गेटबाहिर बसिरहेका दलका समर्थकहरूले प्रहरी प्रशासनविरूद्व नाराबाजी गरेका थिए ।

गेटबाहिर लफडा भएपछी ठूलो संख्यामा सुरक्षा निकायले गाडीलाई बाहिर निकाले पश्चात  स्थिती शान्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved