युएईका १७ वर्षिय आयान ‘म्यान अफ द सिरिज’

नेपालभ्युज

युएईका १७ वर्षिय आयान ‘म्यान अफ द सिरिज’

काठमाडाैं । नेपाल र युएईको क्रिकेट सिरिजमा आयान अफ्जल खान ‘म्यान अफ द सिरिज’ भएका छन् । सिरिज नेपालले जिते पनि खान उत्कृष्ट खेलाडी भएका हुन् । पहिलो एकदिवशीय सिरिज खेलेका उनले ५० हजार पुरस्कार पाए ।

सिरिजको पहिलो खेलमा आयानले ४ विकेट लिँदा नेपाल पराजित भएको थियो । उनको त्यो सिरिजमा डेब्यू खेल थियो । शुक्रबार तेस्रो खेलमा उनले आठौं नम्बरमा ब्याटिङ गरी अविजित ५४ रन बनाएका थिए । आयान हालै अस्ट्रेलियामा सम्पन्न आईसीसी टी–२० विश्वकपकै कान्छा खेलाडी थिए । उनी अहिले १७ वर्षका भएका छन् ।

अन्तिम खेलको ‘म्यान अफ द म्याच’ भने आसिफ सेख भएका छन्। उनले अविजित ८८ रन बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved