प्रचण्डले भने- ओली चुच्चे नक्सा ल्याउन चाहँदैन थिए

‘केपी ओलीले होइन, नक्सा बनाउँदा म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । कोही भ्रममा नपार्नुहोला, मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन् ।’

नेपालभ्युज

प्रचण्डले भने- ओली चुच्चे नक्सा ल्याउन चाहँदैन थिए
फाइल फोटो

दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कायर’को संज्ञा दिएका छन् । मंगलबार यहाँ आयोजित सत्ता गठबन्धनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘वास्तवमा ओलीले चुच्चे नक्सा ल्याउन चाहँदैन थिए,’ उनले भने ।

त्यसअघि प्रचण्डले भने, ‘केपी ओलीले होइन, नक्सा बनाउँदा म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । कोही भ्रममा नपार्नुहोला, मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन् ।’ त्यसअघि पनि आफूहरूले वार्ता र कूटनीतिमार्फत सीमा समस्या समाधानका लागि आह्वान गरेको तर, ओलीले आफ्नो कायरता देखाएको आरोप प्रचण्डको छ ।

ओलीले चुनावका लागि ‘गोहीको आँसु’ खसालिरहेको भनाइ प्रचण्डको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved