दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु

नेपालभ्युज

दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु

काठमाडौं। दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा डेढ सयभन्दा बढीको मृत्यु भएको छ। ८२ जना घाइते भएका छन् ।

हलोइनका लागि शहरको मुख्य भागमा जम्मा भएका मानिसबीच भागदौड हुँदा १५१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। भागदौडका क्रममा ५० जनालाई हृदयघात भएको अनुमान गरिएको छ।

घाइतेको उद्धारका लागि १४० भन्दा बढी प्राथमिक उपचारका गाडी घटनास्थलमा पठाइएको थियो। सडकमै चिकित्सकले उपचार गरिरहेका भिडिओ सार्वजनिक भएका छन् । तर घटनाबारे अझै बिस्तृत जानकारी बाहिर आउन सकेको छैन ।

भागदौड भएको केही समयपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आकस्मिक बैठक बोलाएर घाइतेहरूलाई अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, दुर्घटना व्यवस्थापनको मुख्यालय स्थापना गर्न र मृतकको पहिचान गर्न निर्देशन दिएका छन्।

साथै उनले घटनाबारे छानबिन गर्न अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्। कार्यक्रममा करिब एक लाख मानिसले भाग लिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved