एमाले उम्मेद्वार जुली महतोलाई आयोगले सोध्यो स्पष्टीकरण

नेपालभ्युज

एमाले उम्मेद्वार जुली महतोलाई आयोगले सोध्यो स्पष्टीकरण
फाइल फोटो

काठमाडौं। निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जुली कुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ।

तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो आयोगमा प्राप्त भएको हुँदा आयोगले स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ड) मा ‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्था छ।

सोही दफाको खण्ड (द) मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ।

उनले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकूल रहेको आयोगले ठहर गरेको छ।

आयोगले पठाएको पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved