काठमाडौं। रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गरेको छ।
गठबन्धनले आज सार्वजनिक गरेको आधिकारिक उम्मेदवारको सूचीमा साहको नाम समावेश गरेसँगै उनले गठबन्धनको समर्थन प्राप्त गरेका हुन्।
साहलाई समर्थन गर्ने निर्णय गर्दै गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका उम्मेदवार धिरज पटेलको उम्मेदवारी केन्द्रबाटै निष्क्रिय पारिएको छ।
एमालेको टिकट होल्ड गरी अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका साह पूर्वमाओवादी नेता हुन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको आदेशबाट तत्कालीन नेकपाका एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किए पनि उनी एमालेमै रहेका थिए। साहले मधेसका ८ जिल्लामा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन्। प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताऊ अभियानको घोषणा गरेका थिए।
Facebook Comment
Comment