राजु गुरुङको उम्मेदवारी यस कारण भयो खारेज (आदेशसहित)

नेपालभ्युज

राजु गुरुङको उम्मेदवारी यस कारण भयो खारेज (आदेशसहित)

काठमाडौं। सत्ता गठबन्धनबाट रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।

निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनि माग गर्दै गुरुङले दायर गरेको रिट खारेज गरेको हो।

गुरुङलाई नेकपा एकीकृत समाजवादीले टिकट दिएको थियो। कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ। गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतले २ करोड २५ लाखको चेक बाउन्स मुद्दामा उनले रकम तिर्नुपर्ने ठहर गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved