म्यानमारको एक कारागारमा शक्तिशाली बम विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपालभ्युज

म्यानमारको एक कारागारमा शक्तिशाली बम विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं। म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन कारागारमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा पार्सल बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच आगन्तुकको मृत्यु भएको हो।

इन्सेन जेल देशकै सबैभन्दा ठूलो जेल हो, जसमा करिब १० हजार कैदी छन् । कारागारमा धेरै राजनीतिक बन्दी पनि छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

अधिकारीहरूले पनि आक्रमणमा १८ जना घाइते भएको पुष्टि गरेका छन् । कारागारका कर्मचारीबाहेक कैदीहरूलाई भेट्न आएका पाँच जना महिला पनि मारिएका  छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved