केपी ओलीसँग कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र फोन नम्बर

नेपालभ्युज

केपी ओलीसँग कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र फोन नम्बर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्नका लागि एक लाख १३ हजार जनाले नाम र फोन नम्बर टिपाएका छन् ।

अध्यक्ष ओलीले मंगलबार कात्तिक ४ गते आफूसँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम पठाउन आफ्नो  सामाजिक सञ्जाल फेसबुकमार्फत आव्हान गरेका थिए ।

ओलीले बुधबार  १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको भन्दै उत्साहपूर्ण सहभागिताले खुसी भएको बताएका छन् ।

‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनुभएको छ । यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं । नाम र नम्बर त टिपाउनुभयो नि ?’, उनले नाम र नम्बर टिपाउने समय थप गर्दै बिहीबार दिउँसो १२ बजेसम्म रहेको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved