चुनाव विरोधी काम गरेको भन्दै नेकपा बहुमतका दुई नेता पक्राउ

चुनाव विरोधी काम गरेको भन्दै नेकपा बहुमतका दुई नेता पक्राउ

हेटौंडा । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका छन् । चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । चुनाव बहिस्कारको पर्चा वितरण, वाल पेन्टीङ गरेपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

पक्राउ पर्नेहरुमा मकवानपुर इञ्चार्ज ध्रुव खड्का ‘ध्रुव’ र सेक्रेटरी विक्रम राना ‘शक्ति’ रहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमतसहितका चार पार्टीको अभियानअन्तर्गत भित्ते लेखनकाक्रममा बहुमतका नेताहरुको गिरफ्तारी भएको नेकपा (क्रान्तिकारी माओवादी)ले जनाएको छ ।

‘मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अवज्ञा गरौ ।’ भन्ने नारा लेख्ने क्रममा आफ्नो नेताहरु पक्राउ परेको नेकपा बहुमतका एक जिल्ला नेताले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रको निर्णय अनुसार देशभर भित्तो लेख्ने कार्य भइरहेको र जिल्लाको हेटौंडामा पनि लेख्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

दुई नेता पक्राउ गरेसंगै पार्टीका सेक्रेटरी दिक्पालले प्रेस विज्ञप्ति जारी गर्दै दुवै नेतालाई सशर्त रिहा गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved