श्रेष्ठ र थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण

नेपालभ्युज

श्रेष्ठ र थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा बारा- ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।   युट्युबमा सार्वजनिक भिडियोप्रति ध्यानाकर्षण भएको भन्दै मंगलबार आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उक्त भिडियोमा श्रेष्ठले फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन दिएको भन्दै  आयोगले ध्यानाकर्षण भएको जनाएको हो  ।

यसैगरी  भक्तपुर – २ का नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले सूर्यविनायक नगरपालिका वडा नं २, ३, ४ र ६ का विभिन्न चोकमा झण्डा, तुल ब्यानरसहितका प्रचार सामग्री टाँगेको भन्दै आयोगले उनलाई लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved