पुन: पक्राउ परे अपूर्व क्षितिज

नेपालभ्युज

पुन: पक्राउ परे अपूर्व क्षितिज

काठमाडौं ।  कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पुन: पक्राउ गरेको छ ।

नेवार समुदायको आस्थामा आँच आउने गरी व्यंय गरेको आरोपमा यसअघि नै पक्राउ परेका उनलाई अस्वस्थ भएपछि साधारण तारेखमा छाडिएको थियो ।

अहिले सोही केसको अनुसन्धान सकेर अदालतमा पेस गर्नुपर्ने भएकाले पक्राउ गरिएको काठमाडौं परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

मंगलबार सार्वजनिक बिदा परेकोले उनलाई बुधबार अदालतमा पेश गरिने प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved