दुर्घटनामा खेलाडीको मृत्युपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिवन्ध

नेपालभ्युज

दुर्घटनामा खेलाडीको मृत्युपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिवन्ध
फाइल तस्वीर

काठमाडौं । पोखरामा एक खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै सबै खाले प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । उडान सुरक्षाबारे समिक्षा गर्नका लागि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका क्रममा भएको प्याराग्लाइडिङ दुर्घटनामा एकजना खेलाडीको ज्यान गएको थियो । उक्त दुर्घटनाबारे पनि प्राधिकरणले अध्ययन गर्ने जनाएको छ ।

 

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङका स्पर्धा स्थगित

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved