उपत्यकामा एकैदिन ३६ सय सवारीमाथि कारबाही

नेपालभ्युज

उपत्यकामा एकैदिन ३६ सय सवारीमाथि कारबाही
फाइल तस्वीर

काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६ सय १७ जना सवारी चालकमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका  ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३ सय ३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १ सय ९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ८१ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १ सय २३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १ सय १ जना सवारीचालक रहेका छन् ।

यसैगरी, सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघंन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved