‘हिजो आजका कुरा’ शुक्रबारबाट प्रदर्शनमा, प्रिमियरमा मिश्रित प्रतिक्रिया

नेपालभ्युज

 ‘हिजो आजका कुरा’ शुक्रबारबाट प्रदर्शनमा, प्रिमियरमा मिश्रित प्रतिक्रिया

काठमाडौं। फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने यस फिल्मले  बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा आयोजित प्रिमियर सोमा मिश्रित प्रतिक्रिया पाएको छ ।

दीपकराज गिरी, केकी अधिकारी, रिस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गरेका हुन् । साकारको यो डेब्यु फिल्म हो ।

फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जयनन्दन लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुईंकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, लक्ष्मी भुसाल, सविन शाक्य, मन्जु श्रेष्ठ, कमला रेग्मीलगायत कलाकारको अभिनय छ ।

रवि सायमीले छायाङ्कन गरेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved