मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत

नेपालभ्युज

मकवानपुरमा महिला उम्मेदवार १० प्रतिशत

बागमति । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कूल उम्मेदवारमध्ये पुरुषको तुलनामा महिलाको उम्मेदवारी कम अर्थात् १० प्रतिशत मात्र रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटाँैडाका अनुसार विभिन्न राजनीतिकबाट र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दिएकामध्ये सात जना महिलाले मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिएका महिलामध्ये दुई जना महिला राजनीतिक दलबाट र पाँच जना महिला स्वतन्त्रबाट रहेको सो कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका लागि एक जना र प्रदेशसभाका लागि छ जना महिलाले उम्मेदवारी दिएका हुन् ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मकवानपुरको निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांगे्रसका नेत्री महालक्ष्मी उपाध्याय डिनाको उम्मेदवारी रहेको छ । त्यस्तै प्रदेशसभामा मकवानपुर निर्वाचन क्षेत्र नं २ (क)बाट माओवादी केन्द्रबाट कुमारी मोक्तानले उम्मेदवारी दिएको बुझिएको छ ।

अन्य स्वतन्त्र उम्मेदवारमा लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछाने र शान्ति दाहालले उम्मेदवारी दिएको सो कार्यालयबाट जनाइएको छ । स्वतन्त्र मकवानपुर निर्वाचन क्षेत्र नं २ को (ख) बाट उम्मेदवारी दिएर प्रतिस्पर्धामा रहेका छन् ।

कार्यालयका अनुसार मकवानपुर जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ मा दुई स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै मकवानपुरको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका हुन् ।

उता प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्रमा ४३ जनाले उम्मेदवारी दिएको छ । जसमा १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । गठबन्धनका कारण महिलाको उम्मेदवारी कम भएको आरोप लगाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved