तीन वटा प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

नेपालभ्युज

तीन वटा प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। आज सोमबार पनि तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनीका तराइका जिल्ला, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ । १६ गते नेपालको पूर्वी क्षेत्रबाट भित्रिएको मौसमी प्रणाली अहिले लुम्बिनी,कर्णाली र सुदूरपश्चिममा केन्द्रित छ । लुम्बिनीको पूर्वी भागमा मौसम खुलेपनि पश्चिमी क्षेत्रमा अझै मौसम खुलेको छैन ।

यस्तै, अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि मङ्गलबारदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । आउँदो आइतबारदेखि नेपालबाट मनसुन बाहिरिने मौसमविद्ले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved