अस्टलक्ष्मी चुनाव नलड्ने, टिकट अश्विकार गर्दै विकल्प खोज्न ओलीलाई गरिन आग्रह

नेपालभ्युज

अस्टलक्ष्मी चुनाव नलड्ने, टिकट अश्विकार गर्दै विकल्प खोज्न ओलीलाई गरिन आग्रह

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं-८ मा पार्टीले दिएको प्रतिनिधि सभाको टिकट अश्विकार गरेकी छन् ।

उनले अब आफू चुनाव नलड्ने भन्दै विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । यसअघि नै संसदीय राजनीतिमा नउठ्ने घोषणा गरिसकेको भन्दै शाक्यले टिकट अश्विकार गरेकी हुन् ।

संचारमाध्यमसँग शाक्यले भनिन, ‘मैले पहिले नै अब उठ्दिन भनेको थिए, म करिब ७० वर्ष भइसके एउटै मान्छे कतिपटक मन्त्री सांसद र प्रधानमन्त्री हुने ? अब नयाँलाई विकल्प दिनुपर्छ भनेर अध्यक्षलाई  विकल्प खोज्न भनेकी छुु’

यसअघि अध्यक्ष  ओलीले काठमाडौं- ८ का लागि शाक्यको नाम टुंगो लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved