एमाले–जसपाबीच १४ जिल्लामा चुनावी तालमेल, प्रतिनिधिसभातर्फ १७ सिट जसपालाई

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलमा सहमति भएको छ। जसमा प्रतिनिधिसभातर्फ एमालेले ३५ सिट लिएको छ भने जसपाले १७ सिट लिने सहमति भएको छ।

नेपालभ्युज

एमाले–जसपाबीच १४ जिल्लामा चुनावी तालमेल, प्रतिनिधिसभातर्फ १७ सिट जसपालाई

काठमाडौं। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलमा सहमति भएको छ। जसमा प्रतिनिधिसभातर्फ एमालेले ३५ सिट लिएको छ भने जसपाले १७ सिट लिने सहमति भएको छ।

मधेश प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो।

प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ।

एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।

त्यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि एमालेले जसपासँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।

यसैगरी एमालेको समर्थनमा जसपा नेपालले सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा उम्मेदवारी दिनेछ ।

तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved