भागबण्डा टुंग्याउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बालुवाटारमा

नेपालभ्युज

भागबण्डा टुंग्याउन सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बालुवाटारमा
फाइल तश्वीर

काठमाडौं। आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि क्षेत्र बाँडफाँट गर्न पाँच दलिय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले सिट बाँडफाँट टुंगो लगाउने अन्तिम प्रयास जारी राखेको बुझिएको छ। गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) ले असहमति जनाइरहेका छन्।

एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी दिइरहेको छ। कांग्रेसले १०० सिट पाउनुपर्ने आवाज पार्टीभित्रै चर्को रुपमा उठिरहेको छ। अरु दललाई चित्त बुझाउन कांग्रेस ८४-८५ सिटमा सहमति जनाउने देखिएको छ।

चुनावको सिट भागबण्डाका लागि गत साउन २० गते कार्यदल गठन गरेर गठबन्धनले लगातार छलफल गरिरहेको भए पनि हालसम्म टुंगोमा पुग्न सकेको छैन।

हिजो दसैंको टीकाको दिन पनि नेताहरू छलफलमा जुटेका थिए। दुई महिना लामो छलफललाई आजै निष्कर्षमा पुर्‍याएर दलहरू आन्तरिक टिकट वितरणमा जुट्ने नेताहरूले जनाएका छन्।

अधिकांश सिटमा दलहरूले सहमति जनाइसके पनि केही क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै रहेकाले सिट बाँडफाँट टुंगोमा पुर्‍याउन सकस देखिएको नेताहरूले बताएका छन्।

यो पनि पढ्नुहोस्

दुई महिनासम्म सिट बाँडफाँट टुंगिएन, टिकट लिएर कहिले जिल्ला पुग्ने उम्मेदवार?

सत्ता गठबन्धनको आजको बैठक होला त निर्णायक?

सत्ता गठबन्धनमा सिट बाँडफाँट सकस : कहाँ छ दोहोरो तेहरो दाबी?

सत्ता गठबन्धनका नेतालाई कानुनविद्ले दिए यस्तो सुझाव

सत्ता गठबन्धनका नेतालाई कानुनविद्ले दिए यस्तो सुझाव


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved