सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस,कार्यकर्ता अलमलमा

जिल्ला स्तरीय नेताले पनि आफ्नो निर्वाचन क्षेत्रमा कुन नेता उम्मेदवार बनेर आउने हो भन्ने थाहा नहुँदा कार्यकर्तालाई स्पष्ट जवाफ दिन सकेका छैनन् ।

नेपालभ्युज

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा सकस,कार्यकर्ता अलमलमा
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धनले आउँदो मङ्सिर चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनम गठबन्धन गर्ने निर्णय गरेपनि सिट बाँडफाँट गर्न मुश्किल देखिएको छ । साउनभित्रै सिट बाँडफाँटको मोडालिटी टुंगो लगाउने जिम्मेवारीसहित ११ सदस्यीय कार्यदल पनि गठन भएको थियो ।  कार्यदलमा सहमति जुट्न नसकेपछि पछिल्लो समय शीर्ष नेताहरुबीच दिनदिनै छलफल भइरहेको छ । तर अहिलेसम्म सहमति हुन सकेको छैन । नेपाली कांग्रेस एक सय सिट र नेकपा माओवादी केन्द्रले ६० सिटको दाबी नछाडेका कारण सहमति हुन नसकेको नेताहरुले बताउँदै आएका छन् ।

केन्द्रमा नेताहरुले सिट बाँडफाँडको टुंगो लगाउन नसक्दा तल्लो तहका कार्यकर्ता भने अलमलमा परेका छन् । आफ्नो क्षेत्रमा कुन पार्टीको कुन उम्मेदवार आउने भन्ने टुंगो नहुँदा कार्यकर्ताले चुनावी प्रचार प्रसार गर्न पाएका छैनन् । यस्तै जिल्ला स्तरीय नेताले पनि आफ्नो निर्वाचन क्षेत्रमा कुन नेता उम्मेदवार बनेर आउने हो भन्ने थाहा नहुँदा कार्यकर्तालाई स्पष्ट जवाफ दिन सकेका छैनन् ।

यसैबीच, सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज सोमबार पनि बस्दै छ । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

आइतबारको शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved