तेस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

नेपालभ्युज

तेस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हरायो

काठमाडौं। भारतसँगको तेस्रो तथा अन्तिम टी-२० क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । इन्दोरमा दक्षिण अफ्रिकाले भारतलाई ४९ रनले हराउँदै सान्त्वना जीत हात पारेको हो ।

दक्षिण अफ्रीकाले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रन मात्रै बनायो । भारतका दिनेश कार्तिकले ४६ रन जोडे । दीपक चाहरले ३१ तथा ऋषव पन्थले २७ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ तथा वायन प्रनिल, लुंगी एनगिडी र केशव महाराजले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रीकाका रिली रस्सोले अविजित १ सय रन बनाए । यस्तै  क्विन्टन डी ककले ६८, ट्रिस्टान स्टुब्सले २३ तथा डेभिड मिलरले अविजित १९ रन बनाए । भारतका दीपक चाहर र उमेश यादवले १/१ विकेट लिए । अन्तिम खेलमा पराजित भएपनि भारतले शृङ्खला २-१ ले जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved