राष्ट्रपतिले यसवर्ष दशैंको टीका लगाइदिने, मर्यादित पोशाकमा आउन आग्रह

नेपालभ्युज

राष्ट्रपतिले यसवर्ष दशैंको टीका लगाइदिने, मर्यादित पोशाकमा आउन आग्रह
फाइल तस्वीर

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि विजया दशमीका दिनमा विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई टीका लगाइदिने भएकी छन्।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ ।

उच्च पदस्थको टीका कायक्रम लगतत्तै सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले टीका ग्रहण गर्न शितल निवास आउदा मर्यादित पोशाकमा उपस्थित हुन अनुरोध गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved