नेप्से २२ महिनायताकै न्यून बिन्दुमा, आइतबार २३.८३ अंकले गिरावट

नेपालभ्युज

काठमाडौं। सेयर बजार परिसूचक नेप्से लगातार घटेर २२ महिना यताकै न्यून बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३३ अंकमा बन्द भएको छ ।

९ मंसिर २०७७ मा १८१०.१५ अंकमा रहेको नेप्से १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।

आइतबार नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भए पनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो । ९ असार २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से ३ महिनापछि त्यसभन्दा तल झर्दै २२ महिनायताकै नयूनतम बिन्दुमा पुगेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये लगानी उपसूचक सर्वाधिक २.८२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै २.५७ प्रतिशत र हाइड्रोपावर उपसूचक २.५४ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा गिरावट भए पनि आइतबार कारोबार रकम भने बढेर १ अर्ब नाघेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved