इरानमा सुरक्षा बलले गोली चलाउँदा ५ जना प्रदर्शनकारीको मृत्यु

नेपालभ्युज

इरानमा सुरक्षा बलले गोली चलाउँदा ५ जना प्रदर्शनकारीको मृत्यु

एजेन्सी। प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँचजनाको मृत्यु भएकोे छ । हेंगाउ मानव अधिकार संगठनले उक्त जानकारी दिएको हो ।

महसा अमिनीलाई प्रहरीले गिरफ्तार गरेपछि उनको मृत्यु भएको भन्दै प्रदर्शनकारीले विरोध गरिरहेका छन् । कुर्दिश अधिकार समूहका अनुसार घटनाप्रति कट्टरपन्थी सरकारविरुद्ध राष्ट्रव्यापी आक्रोश बढेको छ ।

आक्रोशलाई नियन्त्रण गर्ने प्रयासमा, आधिकारिक समाचार एजेन्सी आईआरएनएले सात प्रान्तका धेरै सहरहरूमा ‘सीमित’ विरोध प्रदर्शन भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved