सामाजिक सञ्जालमा ‘अलबिदा’ सहित सम्पर्कविहीन भएका पत्रकार भेटिए

नेपालभ्युज

सामाजिक सञ्जालमा ‘अलबिदा’ सहित सम्पर्कविहीन भएका पत्रकार भेटिए

काठमाडौं । सामाजिक सञ्जालमा ‘अल बिदा’ भनेर सोमबार बिहानदेखि सम्पर्कविहीन भएका पत्रकार विदुर कटुवाल भेटिएका छन् । सोमबार बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै ‘श्रीमतीसँग डिर्भाेस नगर्ने बरु आत्महत्या गर्ने’ भन्दै निस्किएका  उनी मकवानपुरमा भेटीएका हुन् ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्काले  विदुर कटुवाल अहिले आफैसँग रहेको जानकारी दिए । महासङ्घका महासचिव रोशन पुरीले कटुवाल सोमबार मकवानपुरमै रहने र मंगलबार परिवारसँग भेट गराउने बताए  । उनले भने, ‘उहाँ फेला पर्नु भएको छ । आज मकवानपुरमै बस्नु, हुन्छ भोलि परिवारसँग भेट गराउँछौ ।’

‘अलबिदा’ लेखेर मोबाइल अफ गरेपछि उनको खोजी भएको थियो । उदयपुरका पुराना पत्रकार उनी हाल काठमाडौंको बुद्धनगरमा भाइसँग बस्दै आएका थिए ।

यो पनि 

फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका पत्रकार सम्पर्कविहीन, खोजी जारी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved