जबरा सर्वोच्च नआउने भएपछि धर्ना स्थगित, बारका पदाधिकारीहरू आन्तरिक छलफलमा

नेपालभ्युज

जबरा सर्वोच्च नआउने भएपछि धर्ना स्थगित, बारका पदाधिकारीहरू आन्तरिक छलफलमा

काठमाडौं। महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत नआउने भएका छन् । उनि नफर्किने भएपछि आन्दोलन स्थगित भएको छ ।  उनी सर्वोच्चमा फर्किने अपुष्ट समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

जबरा नफर्किने भएपछि नेपाल बार एसोसिएसनका पदाधिकारीहरू आन्दोलन स्थगित गरी आन्तरिक छलफमा जुटेका छन्।

महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ । साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले पनि गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गरेका छन् ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसदले सफाइ नदिएसम्म जबराको निलम्बन कायमै रहने बताएका थिए। आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय पनि गरेको थियो ।

सोही कारण सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved