मर्मतपछि पुन: जापान उड्यो नेपाल एअरलाइन्सको वाइडबडी

प्राविधिक गडबडीका कारण मङ्गलबार राति उडेको आधा घण्टामै विमानस्थलमा फर्किएको नेपाल एअरलाइन्सको जहाज बुधबार पुन: जापानको लागि उडेको छ ।  

नेपालभ्युज

मर्मतपछि पुन: जापान उड्यो नेपाल एअरलाइन्सको वाइडबडी

काठमाडौं। प्राविधिक गडबडीका कारण मङ्गलबार राति उडेको आधा घण्टामै विमानस्थलमा फर्किएको नेपाल एअरलाइन्सको जहाज बुधबार पुन: जापानको लागि उडेको छ ।

विहान नौ बजे उड्ने तालिका रहेपनि जहाज १० बजेर २० मिनेटमा उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मङ्गलबार रोकिएका सबै १ सय ९४ जना र केहि थप यात्रु बोकेर एअरबसको वाइडबडी ३३० जहाज नारिता उडेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता उडेको नेपाल एअरलाइन्सको वाइडबडी जहाजमा धुवाँ देखिएपछि पुन काठमाडौंमै फर्काइएको थियो । मङ्गलबार राति १ सय ८४ जना यात्रु बोकेर जापानको नारिताका लागि उडेको जहाजको कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि पाइलटले काठमाडौं नै फर्काएका हुन् ।

११ बजे उडेको जहाज नेपाली आकासमै हुँदा समस्या देखिएपछि साढे ११ बजे पुन: त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved