दिवंगत पितृको सम्झनामा इन्द्रदहमा बत्ती बाल्ने भक्तजनको भीड

दिवंगत पितृको सम्झनामा इन्द्रदहमा बत्ती बाल्ने भक्तजनको भीड
फाइल फोटो

काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा दिवंगत पितृको स्वर्गवास होस् भनी कामनाका साथ बत्ती बाल्ने भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवंगत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजनको भीड लाग्ने परम्परा छ । दीप प्रज्ज्वलन कार्यक्रमको सुरुवात् गर्दै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरिले इन्द्रहको धार्मिक पर्यटन प्रर्वद्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको बताए ।

भाद्र शुक्ल चतुर्दशीको बेलुकी बत्ती बाली जाग्राम बसी पूर्णिमाका दिन बिहान स्नान गर्ने भक्तजनका लागि सुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने गरेको जानकारी पनि उनले दिए ।

देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथा अनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्बदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए ।

वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गरेका थिए । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाई विशेष गरी बुढापाकाले सुनाउने गरेका छन् ।

वसन्तपुरका स्थानीयवासी भने त्यहीँ स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी बत्ती बाल्ने र पूर्णिमाका दिन बिहान स्नान गरी फर्किएमा दिवंगत पितृले स्वर्गमा ठाउँ पाउने विश्वास रही आएको छ । यहाँको मेलामा काठमाडौँ उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved