प्रभु बैंक लिमिटेड र होटल मानकी इन्टरनेशनलबीच आकर्षक छुट गर्ने सम्झौता

बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी श्री भूषणप्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक श्री रञ्जन कुमार साहले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपालभ्युज

प्रभु बैंक लिमिटेड र होटल मानकी इन्टरनेशनलबीच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं। प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटल मानकी इन्टरनेशनलबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी श्री भूषणप्रसाद गुप्ता र होटल मानकी इन्टरनेशनल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक श्री रञ्जन कुमार साहले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले होटल मानकी इन्टरनेशनल प्रालिद्धारा सञ्चालित “फुड” र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौता अन्तर्गत होटल मानकी इन्टरनेशनल प्रालिमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, होटल मानकी इन्टरनेशनल प्रालिका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved