एक सयभन्दा कम सिट स्वीकार गरिए कांग्रेसमा विद्रोह हुन्छ- शेखर काेईराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय भन्दा कम सिट स्वीकार गरिए नेपाली कांग्रेसमा विद्रोह र विग्रह उत्पन्न हुने बताएका छन्। 

नेपालभ्युज

एक सयभन्दा कम सिट स्वीकार गरिए कांग्रेसमा विद्रोह हुन्छ- शेखर काेईराला

जनकपुरधाम। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक सय भन्दा कम सिट स्वीकार गरिए नेपाली कांग्रेसमा विद्रोह र विग्रह उत्पन्न हुने बताएका छन्।

आज जनकपुरधाममा नेपाल प्रेस युनियन केन्द्रीय समिति को आयोजनामा १०९ औँ बीपी जयन्तीका सन्दर्भमा आयोजित बीपी विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठी कार्यक्रममा नेता कोइरालाले १ सय ६५ सिटमा समेत म्यानेज र सबै खुसी हुन नसक्ने कांग्रेस पार्टी सय सिटभन्दा कममा कुनै पनि हालतमा व्यवस्थापन हुन नसक्ने र त्यसपछि विद्रोह तथा बिग्रहको स्थिति सृजना हुने बताएका छन्।

गठबन्धनको अर्थ गठबन्धन आबद्ध अर्को दलहरूको संगठन पनि बनाइदिने, पार्टी बचाइदिने नेता जोगाइदिने नरहेको बताउँदै उनले एक सय सीटभन्दा कममा कांग्रेस खुसी भए समानुपातिक मत पनि कम हुने र अगामी सरकारको नेतृत्वको अवसर पनि गुम्ने बताए। उनले एक सय सिट पाए कांग्रेस ७० सीट जित्ने दाबी समेत गरे।

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेको बताउँदै एक दुई दिन भित्र प्रतिनिधिसभाको सीट भागबन्डाको निष्कर्ष लागेपछि प्रदेशसभाको भागबन्डामा कुराकानी शूरु हुने बताए।  सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको विषयमा बिहीबार पनि छलफल जारी छ। बिहीबार साँझसम्म त्यसबारे टुंगो लाग्न सक्ने नेताहरुको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved