संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा

नेपालभ्युज

संगीतकार संघको अध्यक्षमा चेतन सापकोटा

काठमाडौं। संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा छानिएका छन् । शनिबार सम्पन्न संघको ११औं साधारण सभाले अध्यक्षमा सापकोटासहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान छानेको छ ।

त्यस्तै, jसन्त सापकोटा महासचिव छानिएको सभाले सचिवमा प्रह्लाद बोगटी र कोषाध्यक्षमा राजेश थापा छानेको छ । संघको सदस्यहरूमा अर्जुन पोख्रेल, राजनराज शिवाकोटी, शंकर स्माइल र दिनेश बान्तवा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved