कतार विश्वकप : स्टेडियम भित्र रक्सी/बियर पिउन नपाइने, ‘केहि फ्यान दुखी’

स्टेडियमभित्र बियर पिउन नपाइए पनि स्टेडियमहरू वरपरका क्षेत्रमा बियर स्ट्यान्डहरू खोलिनेछन् हरेक । खेल सुरु हुनुभन्दा ३० मिनेट अघि बियर स्टान्ड बन्द हुन्छन्। खेल सकिएपछि पनि केही समयका लागि स्ट्यान्डहरू खुल्ने स्रोतले बताएको छ ।

नेपालभ्युज

कतार विश्वकप : स्टेडियम भित्र रक्सी/बियर पिउन नपाइने, ‘केहि फ्यान दुखी’

काठमाडौं। आउँदो नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलमा स्टेडियमभित्र बियर पिउन नपाइने भएको छ । कतारमा रक्सीमाथि कडा प्रतिबन्ध लगाइएको छ । खेलका दौरान स्टेडियमभित्र रक्सी/बियरमा कडा प्रतिबन्ध लगाइएको छ तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले खेल अघि र पछि स्टेडियम जोनमा बियर पिउन अनुमति दिइने जनाएको छ ।

विश्वकप आयोजक देश कतारका अधिकारीहरूसँग महिनौंसम्मको संवेदनशील वार्तापछि स्टेडियम बाहिर बियर बिक्रीको पहिलो अनुमति प्राप्त भएको फिफाले जनाएको छ ।

यो मुद्दा फिफाका लागि महत्त्वपूर्ण छ, किनकि बियर निर्माता बर्डवाइजर तीन दशकदेखि प्रमुख प्रायोजक रहेको छ । कतारले विश्वकपमा १० लाखभन्दा बढी दर्शक आउने प्रक्षेपण गरेको छ । तर विश्वकपमा खेल हेर्न मात्र नभई  स्टेडियममा बियर पिएर रमाइलो गर्न चाहने दर्शक भने दुखी हुने बर्डवाइजरले जनाएको छ ।

स्टेडियमभित्र बियर पिउन नपाइए पनि स्टेडियमहरू वरपरका क्षेत्रमा बियर स्ट्यान्डहरू खोलिनेछन् हरेक । खेल सुरु हुनुभन्दा ३० मिनेट अघि बियर स्टान्ड बन्द हुन्छन्। खेल सकिएपछि पनि केही समयका लागि स्ट्यान्डहरू खुल्ने स्रोतले बताएको छ ।

फिफाका एक प्रवक्ताले भने स्थानीय संस्कृतिप्रति सम्मान गर्दै रक्सी पिउन चाहनेहरूको लागि खानपान मा ध्यान केन्द्रित गरेको बताएका छन् ।  स्टेडियमहरू भित्र केवल बर्डवाइजरका शून्य-अल्कोहल बियर र सफ्ट-ड्रिङ्कहरू उपलब्ध हुनेछन् ।

विश्वभरका स्टेडियमहरूमा रक्सी एक संवेदनशील विषय हो। छिमेकी साउदी अरबमा जस्तो कतारमा रक्सी प्रतिबन्धित नभए पनि झण्डै ३५ वटा अन्तर्राष्ट्रिय होटल र रेष्टुरेन्टमा मात्रै बिक्री गरिन्छ। विदेशी बासिन्दाहरूले सरकारी पसलहरूमा रक्सी किन्न सक्छन्। सार्वजनिक स्थानमा रक्सी सेवन गैरकानुनी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved