माधव नेपालहरू एमालेमा फर्कनुपर्छः नेम्वाङ

नेपालभ्युज

माधव नेपालहरू एमालेमा फर्कनुपर्छः नेम्वाङ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपालहरू एमालेमा फर्किनुपर्ने बताएका छन् । एमाले सम्पर्क समन्वय कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘गलत सोचले एमाले फुटाउने काम भएको छ, माधवकुमार नेपालहरु एमालेमा फर्किनुपर्छ, फर्केर आउनुपर्छ ।’

गत स्थानीय तहको निर्वाचन परिणामले एकीकृत समाजवादीले विभाजनको औचित्य पुष्टि गर्न नसक्ने तर्क गरे । ‘पार्टी विभाजनको बेला उहाँहरूले २० प्रतिशत बोकेर जानुभयो’ उनले भने, ‘अहिले गठबन्धनको बलमा पनि ४ प्रतिशत मत कटाउन सक्नुभएन ।’ यसलाई नेता नेम्वाङले जनताले अस्वीकृत गरेको उल्लेख गर्दै माधव नेपालहरू एमालेमा फर्किनुपर्ने तर्क गरेका हुन् ।

‘एमाले फुटाउनलाई अध्यादेश ल्याउने र फुटेपछि फिर्ता लिने काम विल्कुल गलत र गैरकानुनी छ’ उनले थपे । एमाले फुटाउन अध्यादेश ल्याएर काँग्रेस नेतृत्व सरकारले गलत र अनैतिक काम गरेको नेता नेम्वाङले बताए ।

लोकतान्त्रिक व्यवस्थामा जनताको बलमा सरकार बन्ने भए पनि अहिलेको सरकारलाई सर्वोच्च अदालतको परमादेशले बनेको उनको तर्क थियो । ‘यस्तो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन’ उनले भने ।

नेता नेम्वाङले आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनेगरी अभियानमा जुट्न उहाँले पार्टी नेता तथा कार्यकर्ताहरुमा आग्रह गरे । देशको समृद्धिको लागि पनि एमालेले जित्नुपर्ने उनको तर्क थियो ।

आगामी निर्वाचनमा एमालेलाई जिताउन ढुक्कसाथ लाग्न पनि उनले पार्टी पङ्तिलाई आग्रह गर्नुभयो । ‘गठबन्धन दलका नेताहरुको गलत कार्यको निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले समिति बैठकमा पोल खोलिरहनु भएको छ’ उनले फरक प्रसंगमा भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved